हानका पूर्वअध्यक्ष श्रेष्ठको निधन



काठमाडौं । होटल संघ नेपालका पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा कात्तिक ८ गते उनको निधन भएको हो ।

उनको निधनप्रति हानले श्रद्धाञ्जली अर्पण गरेको छ ।

‘उहाँको निधनबाट होटल संघ नेपाल मर्माहत हुनुका साथै समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको छ । दुःखको यस घडिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,’ हानले भनेको छ ।

१९९५ सालमा काठमाडौंको तुम्बहालमा जन्मिएका काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए ।

उनले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८. सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


क्लिकमान्डु