ब्याजदरमा राष्ट्र बैंकको युद्धबिरामले सेयर बजारमा काम गरेन, नेप्से १४.६५ अंकले घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा कडाइ गरेपछि बुधबार हरियाली छाएको सेयर बजारमा बिहीबार फेरि राताम्मे भएको छ । राष्ट्र बैंकको निर्णयको प्रभाव सेयर बजारमा एक दिन मात्रै टिक्न सक्यो ।

बिहीबारको कारोबारमा ६१ लाख ६ हजार ४५२ कित्ता सेयर जम्मा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९.८३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

उपसमूहतर्फ म्यूचुअल फण्डबाहेकका उपसमूहमा गिरावट देखिएको छ । यद्यपि यो दिनको कारोबारमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु