दशैं मान्न काठमाडौं आउनेलाई सस्तोमा प्लेन टिकट, कहाँबाट कति लाग्छ ?



काठमाडौं । दशैंमा राजधानी काठमाडौं छाड्नेका लागि सधैको गुनासो के हुन्छ भने प्लेन टिकट असाध्यै महंगो । नहोस् पनि किन माग र आपूर्तीका आधारमा तय हुने प्लेनको टिकट दशैंको समयमा सधै नै महंगो हुन्छ । यात्रुहरुको टिकटको उच्च मूल्य तिरेर काठमाडौंबाट विभिन्न गन्तव्य जान बाध्य हुन्छन् ।

अझ विभिन्न स्थानमा बिग्रिएका राजमार्गका कारण धेरै जसोको रोजाई हवाई यात्रा नै गर्ने हुन्छ । तर दशैं मान्न काठमाडौं आउनेहरुका लागि भने ठ्याक्कै उल्टो अर्थात् टिकट निकै सस्तो हुन्छ । कतिपय अवस्थामा त बसबाट आउँदा लाग्ने टिकटभन्दा पनि सस्तो पर्न जान्छ ।

यो दशैंमा कुन स्थानबाट काठमाडौं प्लेनमा आउँदा टिकटको मूल्य कति छ त ?

हामीले विभिन्न गन्तव्यबाट काठमाडौं आउने विमानहरुको सबैभन्दा सस्तो शुल्क यहाँ उल्लेख गरेका छौं । एउटै प्लेनमा यात्रा गर्नेहरु सबैलाई एउटै टिकट मूल्य भने नहुने भएकाले यात्रु अनुसार टिकटको शुल्क फरक भने पर्न सक्छ ।

भद्रपुरबाट काठमाडौं आउनका लागि अहिले सबैभन्दा सस्तो ५ हजार २ सय रुपैयाँको टिकट छ भने भैरहवाबाट काठमाडौं आउँदै हुनुहुन्छ भने तपाईले सबैभन्दा सस्तो टिकट १५ सय रुपैयाँमा पाउन सक्नुहुन्छ ।

त्यसैगरी भरतपुरबाट काठमाडौं आउनका लागि २१ सय रुपैयाँको टिकट काट्न पर्छ भने बिराटनगरबाट काठमाडौं आउनका लागि सबैभन्दा सस्तो शुल्क ३ हजार ७९५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी धनगढीबाट काठमाडौं आउनेका लागि २ हजार ५ सय रुपैयाँ र जनकपुरबाट काठमाडौं आउनेका लागि १ हजार २९५ रुपैयाँको टिकट मूल्य पर्छ ।

साथै नेपालगञ्जबाट काठमाडौं आउन २ हजार ४५० रुपैयाँ र पोखराबाट काठमाडौं आउनका लागि २ हजार ७०० रुपैयाँको न्यूनतम टिकट मूल्य तोकिएको छ ।

(यो विभिन्न विमान कम्पनीहरुमध्येको न्यूनतम टिकट मूल्य हो, टिकटको बिक्रीका आधारमा मूल्य परिवर्तन समेत हुन सक्छ)


क्लिकमान्डु