सस्तो मूल्यमै गुणस्तरीय सेवा दिने डिसहोमको इन्टरनेटः कहाँ पुग्यो, कहिले कहाँ पुग्दैछ ?



काठमाडौं । करिब डेढ वर्षअघि केबलसँगै इन्टरनेटमा हात हालेको डिसहोमले यतिबेला आक्रामकरुपमा बजार बिस्तार गरिरहेको छ ।

डेढ वर्षको अवधिमा ५० हजारभन्दा बढी डिसहोम फाइभर नेटका ग्राहक बनाइसकेको कम्पनीले आगामी वर्षभित्रमा २ लाख ग्राहक बनाउने योजनाका साथ अगाडि बढेको छ ।

सस्तो शुल्कमा गुणस्तरीय सेवा दिने उद्देश्यले अगाडि बढेको कम्पनीमा प्रत्यक्ष रुपमा ४ सय जना र अप्रत्यक्षरुपमा करिब १ हजार जनाले काम गरिरहेका छन् । जसले घर-घरमा इन्टरनेट पुर्याउने काम गरिरहेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशन सुदीप आचार्य कम्पनीले उपलब्ध गराएको सस्तो र गुणस्तरीय इन्टरनेटका कारण २ लाख ग्राहक बनाउन सकिने बताउँछन् ।

‘सबैभन्दा मुख्य विषय ग्राहकको विश्वस्नीयता हो, त्यसका लागि गुणस्तरीय इन्टरनेट दिनु हाम्रो दायित्व हो, त्यसमा हामी प्रतिबद्ध छौं,’ आचार्यले भने ।

इन्टरनेट सेवा देशव्यापी बनाउने र ग्राहकको संख्या बढाउँदै गर्दा कम्पनीले हालसम्म १ अर्ब ५० करोड लगानी गरिसकेको छ भने केही वर्षभित्रैमा लगानी बढाएर ३ अर्बदेखि ४ अर्ब रुपैयाँसम्म पुर्याउने बताएको छ ।

लामो समयदेखि इन्टरनेट प्रयोगकर्ताको इन्टरनेट महंगो भयो र कस्टमर केयर राम्रो भएन भन्ने जस्ता गुनासा कम्पनीमा नरहने समेत उनको बताए ।

उनले आफूहरु गुणस्तरीय सेवा दिनुपर्छ भन्नेमा विश्वास गर्ने भएकाले ग्राहकले पनि सोही अनुसारको सेवा पाउने स्पष्ट पारे । र, हालसम्म त्यसमा सफल भएको उनको दाबी छ । उनले सेवालाई गुणस्तरीय, प्रभावकारी र दिगो बनाउनका लागि कम्पनी प्रतिबद्ध रहेको बताए ।

कम्पनीका अनुसार हालसम्म इन्टरनेट वितरण गर्ने ९० भन्दाबढी पीओडी निर्माण गरिसकेको छ भने ३० वटा थप पीओडी निर्माण गरिरहेको छ । कम्पनीले सन् २०२२ सम्ममा १५० वटा पीओडी बनाउने योजना बनाएको छ । हाल कम्पनीका उक्त ९० वटा पीओडीबाट साढे ३ लाख घरमा इन्टरनेट जडान गर्न सकिन्छ ।

कम्पनीले हाल काठमाडौंका साथै पूर्वतर्फ बर्दिबास, ढल्केवर, जनकपुर, इनरुवा, बिर्तामोड, धरान र वीरगञ्जलगायतका क्षेत्रमा सेवा बिस्तार गरिसकेको छ भने बुटवल, भरतपुर, गैँडाकोटमा पनि सेवा बिस्तार भइसकेको छ । अब कम्पनीले महेन्द्रनगर, धनगढीमा पनि सेवा बिस्तारको योजना बनाएको छ ।

हाल कम्पनीका ५० हजार ग्राहकमध्ये करिब ४० हजार ग्राहक काठमाडौं उपत्यकामा मात्रै छन् भने त्यसभन्दा बाहिरी जिल्लामा बाँकी ग्राहक छन् । कम्पनीले इन्टरनेट मात्रै नभइ डिसहोमको केबल समेत प्रदान गरिरहेको छ ।


कम्पनीले हाल तारबाट इन्टरनेट सेवा दिइरहेको छ भने भविष्यमा स्याटेलाइटबाट समेत सेवा दिने विषयमा योजना बनाइरहेको छ ।

‘स्याटेलाइटबाट सेवा दिँदा झण्डै दोब्बर खर्च लाग्ने भएकाले अहिलेलाई योजना थाँती राखेका छौं, तर भविष्यमा स्याटेलाइटबाट सेवा दिने छौं,’ उनले भने ।

आचार्यले डिसहोम इन्टरनेटमा प्रयोग भएका सबै प्रविधि आधुनिक भएको दाबी गरे । उनले प्रयोग भएका प्रविधि नयाँ र उच्चस्तरीय भएको भन्दै नयाँ प्रविधि भएकाले डिसहोमको इन्टरनेट गुणस्तरमा अगाडि भएको दाबी गरे । कम्पनीले हाल हुवावेको प्रविधि प्रयोग गरिरहेको छ ।

साथै आगामी वर्षसम्ममा २०० वटा पीओडी बनाउन सकिएको अवस्थामा ग्राहकको संख्या पनि उसैगरी बढ्ने आचार्यको विश्वास छ । कम्पनीले चालु आर्थिक वर्षमा २ लाख ग्राहक बनाउने योजना बनाएको छ भने होम पासको संख्यामात्रै साढे ६ लाखदेखि ७ लाखसम्म बनाउने योजना बनाएको छ । कम्पनीले ५ वर्षभित्रमा १० लाखभन्दा बढी ग्राहक बनाउने योजना बनाएको छ ।

एमडी आचार्यले कम्पनीले इन्टरनेट मात्रै नभइ समग्र जीवनशैलीलाई नै प्रभावित पार्ने गरी विभिन्न सेवा प्रदान गर्ने योजना बनाएको बताए ।

‘अहिले केबुलसँगै इन्टरनेट प्रयोग भइरहेको छ भने अब आगामी दिनमा सेक्युरिटीसहितका अन्य विभिन्न सेवा पनि प्रदान गर्ने योजना बनाएका छौं,’ उनले भने ।

ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको छ ।

कम्पनीको इन्टरनेट कति सस्तो ?

कम्पनीले हाल १०० एमपीएस गतिको इन्टरनेट सेवा मासिक ८९९ रुपैयाँमा उपलब्ध गराइरहेको छ । त्यसका साथै डिसहोमको केबल जोड्ने ग्राहकले १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क उपयोग गर्न सक्छन् ।

कम्पनीले ग्राहकको संख्या बढ्दै जाँदा यो शुल्क अझ सस्तो पनि हुन सक्ने बताएको छ ।


क्लिकमान्डु