राष्ट्र बैंकमा कामू गभर्नरको जिम्मा निलम ढुंगानालाई



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छन् ।

सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि ढुंगानालाई कामू गभर्नरको जिम्मा दिएको हो ।

गभर्नर अधिकारी कोरोना भाइरसबाट संक्रमित भएपछि घरमा नै आराम गरेर बसेका छन् ।

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर विदेश जादा तथा गभर्नरको पदावधी सकिएको बेला डेपुटी गभर्नरलाई कामू दिनसक्ने व्यवस्था छ ।

गभर्नर अधिकारी कोरोना संक्रमित भएर दैनिक कामका लागि कार्यालय जनाने भएपछि कामूको जिम्मा ढुंगानालाई दिएको हो । पहिलो महिला डेपुटी गभर्नर बनेकी ढुंगानाले कामू गभर्नरको जिम्मा पाउने पहिलो नै महिला बनेकी छन् ।


क्लिकमान्डु