सेयर बजारमा पहिरो, नेप्से ६१.२८ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ६१.२८ अंकले घटेको छ ।

यो दिन १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा २४ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य यथावत नै रहेको छ ।

उपसमूहतर्फ म्यूचुअल फण्डबाहेकका सबैमा गिरावट देखिएको छ ।

बजार राताम्मे भएको पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आइसीएफसी फाइनान्स, घलेम्दी हाइड्रो लिमिटेड, मल्टिप्रपोज फाइनान्स, बेस्ट फाइनान्सलगायतका कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ ।


क्लिकमान्डु