कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा
काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । यो डेभलमेन्ट बैंकहरुमा पहिलो पटक सञ्चालन ल्याइएको बैंकको दाबी छ ।
यो सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकले घरमै बसेर झन्झटरहित तवरले मात्र केही कागजातहरु अपलोड गरी केएस डिजी वालेट खोल्ने सक्ने बैंकले जानकारी दिएको छ ।
एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले उक्त वालेट सेवाको शुरुवात गरेका छन् ।
डिजिटल वालेट खोल्न एपमा फेस रिकग्निसन गर्न सक्ने एआईको प्रयोग गरिएको छ । साथै, खाता खोल्न, कर्जाका लागि आवेदन दिन, क्यूआरलगायतका सेवा उपभोग गर्न पाइनेछ ।