नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङका लागि साझेदारी



काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंककातर्पmबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्पmबाट अध्यक्ष कृष्णहरि श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमार्फत् गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नु गरे ।

साथै, उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

गल्छी शाखालाई नबिल दिगो बैंकिङको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिकाको विकास र रोजगारी सिर्जनामासँगै हातेमालो गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए ।


क्लिकमान्डु