सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने घोषण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको हो ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने छ ।


क्लिकमान्डु