माछापुच्छ्रे बैंकको बम्पर अफर



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यहि मिति २०७८ असोज ८ गते देखि १७ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ,पोलोरोइड क्यामरा,विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीभी साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । कार्टोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र दारजबाट खरिद गर्दा ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ । माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२औँ वर्षमा प्रवेश गर्दै छ ।


क्लिकमान्डु