सानिमा बैंकको नयाँ शाखा बिराटनगरको कञ्चनबारीमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज ८ गते बिराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा बिस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन् समारोहमा मह जोडीले बिराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु