बुधबारको प्रि-ओपनिङमा ७.८४ अंकले बढ्यो नेप्से २३ कम्पनीको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ७.८४ अंकले बढेको छ ।

प्रि-ओपनिङमा २३ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीले सेयर मूल्य घटेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा मञ्जुश्री फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नागरिक लगानी कोष र राधी विद्युत् कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ । साथै एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु