एचआइडीसीएलले साढे ३ करोड बढी कित्ता लिलाम गर्ने



काठमाडौं । हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरमध्ये ३ करोड ३० लाख कित्ता र सर्वसाधारणको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो ।

यसका लागि कम्पनीले असोज ७ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्नेछ भने इच्छुकले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले न्यूनतम १ सय रुपैयाँमा बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले दरखास्त दिनुपर्ने न्यूनतम कित्तामा संस्थापक समूहतर्फ १ करोड कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै अधिकतम संस्थाको लागि कुनै हद लाग्ने छैन ।

कम्पनीका अनुसार बोलपत्र आवेदन फारम र बुझाउनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल र ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु बिर्तामोड, हनुमानदास रोड बिराटनगर, जनकपुर, आदर्शनगर वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरोड, पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, दाङ घोराही, धनगढी र महेन्द्र नगरका कार्यालयबाट आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु