सिद्धार्थ क्यापिटल लिमिटेडले ४० प्रतिशत लाभांश दिने



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यसका लागि कम्पनीले आगामी १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज १८ गते दिउँसो ४ बजे कम्पनीको कार्यालय काठमाडौं नक्सालमा साधारण सभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् ८ करोड रुपैयाा कर सहित नगद लाभांश प्रदान गर्ने भएको हो ।

साधारणसभामा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँसमेत पारित गर्नेछ ।

कम्पनीले सेयरधनीका लागि कोरोना महामारकिो जोखिमका बीच अनलाइनबाट सहभागी हुने व्यवस्था मिलाएको छ ।


क्लिकमान्डु