भारतीय अर्बपति अडानीले नवीकरणीय ऊर्जामा २० अर्ब डलर लगानी गर्ने



भारतीय अर्बपति गौतम अडानीले नविकरणिय ऊर्जामा २० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।

सन् २०३० सम्म विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी बन्न २० अर्ब डलर लगानी गर्ने घोषणा गौतम अडानिले गरे ।

जेपी मोर्गनले आयोजना गरेको कार्यक्रममा बोल्दै अडानीले आफ्नो कम्पनी विश्वको सबैभन्दा ठूलो सौर्य उर्जा उत्पादक कम्पनी बन्ने जानकारी दिए । नवीकरणीय ऊजाको उत्पादन तथा प्रसारण र वितरणमा २० अर्ब डलर लगानी खर्च हुने छ ।

अडानीले १० वर्षभित्रमा नवीकरणीय ऊर्जामा २० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका हुन् । अदानीले भने, “अर्को १० बर्षहरुमा, हामी नवीकरणीय उर्जा उत्पादन, कम्पोनेन्ट विनिर्माण, प्रसारण र वितरणमा २० अर्ब डलर लगानी गर्नेछौं।“

‘हामी अब भारत को सबैभन्दा ठूलो निजी क्षेत्र विद्युत उत्पादक, सबैभन्दा ठूलो निजी बन्दरगाह अपरेटर, सबैभन्दा ठूलो निजी एयरपोर्ट अपरेटर, सबैभन्दा ठूलो निजी उपभोक्ता ग्याँस र बिजुली उपयोगिता व्यवसाय, सबैभन्दा ठूलो निजी बिजुली प्रसारण कम्पनी र नवीकरणीय मा सबैभन्दा ठूलो पूर्वाधार विकासकर्ता हौं,’ अडानीले भने ।

अडानी भारतको दोस्रो धनी व्यक्ति हुन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेसँगै अडानीको व्यवसायिक साम्राज्य समेत बढ्दै गएको छ । उनीसँग ७५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।


क्लिकमान्डु