इसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’



काठमाडौं । इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत् रेमिट्यान्स् पठाउने व्यक्तिमध्येबाट एकजना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एकजनाले होण्डाको डियो स्कुटी जित्न सक्नेछन् ।

योजनामा सहभागी हुन विश्वभर रहेका २०० भन्दाबढी मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत् आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

यस योजनामा ६० जनाले मिक्सर, ८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एकजना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत् पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट गु्रपको भगिनी कम्पनी पनि हो ।


क्लिकमान्डु