विज्ञापन व्यवसायी राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित



काठमाडां । विगत १३ वर्षदेखि विज्ञापन व्यवसायी रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सन्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका छन् ।

सिजन मिडियाले संबिधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध छेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ ।

लामो समयदेखि विज्ञापन व्यवसाय मार्फत विज्ञापन बजारमा उनले पुर्याएको योगदानको कदरस्वरुप राष्ट्रियसभाका अध्यक्ष्य गणेशप्रशाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा सम्मान प्रदान गरे ।

लगभग साढे दुई दशकअघि आफ्नो उच्च शिक्षाका निम्ति सिन्धुली बाट काठमाडौँ सम्मको यात्रा तय गर्नुभएका ढुंगेलले जीवनमा थुप्रै संघर्ष पार गर्नुभएको छ ।

तसर्थ, अगाडी बढ्ने दृढता भएका ढुंगेल अहिले नेपालका थुप्रै नम्बर १ कोर्पोरेट कम्पनीहरुसंग आबद्द भइ काम गर्दै आएका छन् । जस्तोसुकै चुनौतीसंग लड्न तयार भएको ढुंगेलले बताए ।

सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।


क्लिकमान्डु