फोनपे डाइरेक्टमार्फत् २ लाखसम्म रकम पठाउँदा १० रुपैयाँ शुल्क लाग्ने



काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्टमार्फत् अन्तरबैंक रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवा शुल्क लाग्ने भएको छ ।

फोनपे डाइरेक्टमार्फत् १०० रूपैयाँदेखि २ लाख रूपैयाँसम्मको रकम ट्रान्सफर गर्दा अबदेखि १० रूपैयाँ मात्रै शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणामअनुसार शुल्क लाग्दै आएको थियो ।

यो शुल्क नेपालमा अन्तरबैंक कारोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।

फोनपेमार्फत् कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।


क्लिकमान्डु