निर्देशिका व्यवहारिक बनाउन सुनचाँदी ब्यवासायीको आग्रह



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ ।

निर्देशिकाका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै त्यसलाई व्यवहारिक बनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरागर्न साना व्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गरे ।

अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा व्यवसायीलाई असहज हुने र साना ब्यवसायी पलायन हुनु पर्ने अवस्था समेत आउन सक्ने उनको भनाई छ ।

विभागका निर्देशक बोलराज आचार्यले उक्त निर्देशिका व्यवसायीलाई दुखी दिने नियतले नभई सम्पत्ति शुद्धिकरण गर्न खोज्नेहरुका लागि लक्षित गरी जारी भएकोले व्यवसायीलाई अप्ठ्यारो नहुने बताए ।


क्लिकमान्डु