एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री



मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेकी छन् ।


नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग अर्थमन्त्रालयमा भेटेको हो ।


भेटका क्रममा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको जानकारी गराएका थिए ।

भेटमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् । नेपाल भ्रमणमा रहेकी सुमारले प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेकी छन् ।


क्लिकमान्डु