५ लाख विपन्न परिवारलाई असोजभित्रै १० हजार नगद अनुदान दिइने



काठमाडौं । सरकारले कोभिडबाट प्रभावित ५ लाख विपन्न परिवारलाई राहत स्वरुप एकमुष्ठ १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् ।

यस्तो रकम कोरोनाबाट प्रभावित भइ रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारले पाउनेछन् । यो राहतस्वरुप प्रदान गरिने रकम एक पटकका लागि प्रतिघर परिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा उपलब्ध गराइनेछ ।

यस्तो अनुदान रकम स्थाानीय तहको समन्वयमा आगामी असोज महिनाभित्रै हस्तान्तरण गरिनेछ ।


क्लिकमान्डु