नेपाल लाइफ इन्स्योरेन्सले र नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१% संस्थापक सेयर खरिद गर्ने भएको छ । यसका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

जसमा नेपाल लाइफकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले हस्ताक्षर गरेका छन् । नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्तापूँजी ३० करोड रुपैयाँको हुनेछ ।
कार्यक्रममा दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यको उपस्थित थियो ।

कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।


क्लिकमान्डु