नवलपरासीबाट ४५ लाख बराबरको ई-भेप बरामद


नवलपरासी । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ स्थित कब्रस्थान क्षेत्रबाट करिब ४५ लाख रुपैयाँ बराबरका ईलेक्ट्रिक भेप बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार पौष २ गते विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरको टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएका ९ कार्टुनमा प्याक गरिएका १ हजार ८ सय वटा ई-भेप फेला पारेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती भेप परालको कुन्युमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको थियो।

बरामद गरिएका ई(भेपहरू आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासीमा बुझाइएको छ।