गुराँस लाइफ इन्स्योरेन्सको नाफा २७.७६% ले बढ्यो



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १२ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा १३ अर्ब ७० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ जुन अघिल्लो आवको तुलनामा ३६.६३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा ४३.०४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा ३७ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा जीवन बीमा कोषमा १० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा ३८.२९   प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ६६ करोड १ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ८५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६५ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले २ अर्ब १५ करोड ९१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ४६.१२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा १ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

साथै, ३० लाख रुपैयाँ  दावी भुक्तानी हुन  बाँकी रहेको छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ५३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ ।      


क्लिकमान्डु