मेटलाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन २१.२९% ले बढ्यो



काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले  आव २०७७/७८ मा ५ अर्ब ३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा २६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन अघिल्लो आवको तुलनामा १७.८४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३२ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा ९.९४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा जीवन बीमा कोषमा १९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा ८.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ अर्ब ४३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ अर्ब ५७ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ३ अर्ब ६१ करोड १ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ४२.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा २ अर्ब ५३ करोड १८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

साथै, ८३ करोड ११ लाख रुपैयाँ  दावी भुक्तानी हुन  बाँकी रहेको छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ४८ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु