प्रभु इन्स्योरेन्सको नाफा साढे २६ करोड



काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आव २०७७/७८ मा २६ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा १ अर्ब ३५ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ जुन अघिल्लो आवको तुलनामा १३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा १ अर्ब १६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

कम्पनीको जगेडा कोषमा २४ करोड १० लाख रुपैयाँ जुन अघिल्लो आवको तुलनामा १.३६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा २३ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा बीमा कोषमा ८४ करोड ३० लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा १८.७४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको बीमा कोषमा ७० करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो आवको तुलनामा २१.४३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ४५ करोड १६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ३।८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा ४३ करोड ४८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

साथै, १२ करोड १७ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ३ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ, पिई रेसियो ४२ गुणा, प्रतिसेयर कुल सम्पत्ति २९२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु