लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १५.४८% ले घट्यो



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आव २०७७/७८ मा १७ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २० करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा १ अर्ब ३७ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ जुन अघिल्लो आवको तुलनामा १३.२० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब २१ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा १ अर्ब १९ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको  छ ।

कम्पनीको जगेडा कोषमा २३ करोड ७५ लाख रुपैयाँ जुन अघिल्लो आवको तुलनामा १.५३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको गत आवमा बीमा कोषमा ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा १३.८७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको बीमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो आवको तुलनामा १९.५९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ९४ करोड ७७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २३.३३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा ७६ करोड ८४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । साथै, ७८ करोड ७६ लाख रुपैयाँ  दावी भुक्तानी हुन  बाँकी रहेको छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ३ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ७३ पैसा, पिई रेसियो ५४.२२ गुणा, प्रतिसेयर कुल सम्पत्ति २६८ रुपैयाँ २८ पैसा रहेको छ 


क्लिकमान्डु