प्रिमियर इन्स्योरेन्स नेपालकोे नाफा ५.६ % ले बढ्यो



काठमाडौं । प्रिमियर इन्स्योरेन्स नेपालले आव २०७७/७८ मा ३७ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा १ अर्ब ९१ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४० करोड ९१ लाख रुपैयाँ, बीमा कोषमा ८५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १२ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १ अर्ब ३० करोड ५१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत २ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ३४ रुपैयाँ ७८ पैसा, प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ५२ पैसा, पिई रेसियो ३३.६४ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३४४ रुपैयाँ ८३ पैसा रहेको छ ।


क्लिकमान्डु