नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले आव २०७७/७८ मा १२ अर्ब ५४ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ९ अर्ब २२ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड २४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४२ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ९२ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
साथै, कम्पनीले ४ अर्ब १२ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ७२ करोड २ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ ।
साथै, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा, पिई रेसियो ९७.३० गुणा, प्रतिसेयर कुल सम्पत्ति १४९० रुपैयाँ ४५ पैसा रहेको छ ।