जनरल इन्स्योरेन्स नेपालको नाफा ७८% ले बढ्यो



काठमाडौं । जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७÷७८ मा ६५ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ५३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा १० करोड १६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ३० करोड ५४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ३१ करोड ४४ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्र्ता कमिसन वापत १ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा, पिई रेसियो ७६.९७ गुणा, प्रतिसेयर कुल सम्पत्ति १५८ रुपैयाँ ७३ पैसा रहेको छ ।


क्लिकमान्डु