रोयल एनफिल्ड नेपालमा, शुरुवाती मूल्य ६ लाख रुपैयाँ



काठमाडौं । रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोडेल मेटेओर ३५० सीसी नेपालमा सार्वजनिक भएको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुपपअन्तर्गतका विवेक अटोमोबाइल्स नयाँ मोडेल मेटेओर ३५० सिसी सार्वजनिक गरेको हो ।

रोयल इन्फिल्ड मेटेओर फायर बल, स्टेलर र सुपरनोभा गरी ३ भेरियन्ट उपलब्ध छ । मोटरसाइकलमा ३५० सीसीको बीएस–६ इन्जिन छ । कम्पनीले फायरबलको ६ लाख रुपैयाँ, स्टेलरको ६ लाख १७ हजार रुपैयाँ र सुपरनोभाको ६ लाख ४५ हजार रुपैयाँ मूल्य तोकेको छ ।

यसमा जे सिरिजको एयर आयल कुल्ड, एओएचसी इन्जिन रहेको जनाइएको छ । इन्धनको सदुपयोगका लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सन भएका यी मोटरसाइकलमा थप सुरक्षाका लागि डुअल च्यानल एबिएस पनि राखिएको कम्पनीले जनाएको छ ।

यसमा टर्न–टु–टर्न नेभिगेसनका लागि गुगल सँगको साझेदारीमा ट्रिपर पड र मोबाइल फोन चार्ज गर्नका लागि युएसबी चार्जिङ पोर्ट पनि रहेको जनाइएको छ । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीले दाबी गरेको छ । यो मोटरसाइकल आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । बीएस–६ संस्करणअन्तर्गत क्रुजर सिरिजको यो मोटरसाइकलमा कम्पन घटाउनका लागि ब्यालेन्सर साफ्ट पनि रहेको जनाइएको छ ।

फायरबलको २, स्टेलरको ३ र सुपरनोभा २ अधिकारिक रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विवेक अटोमोवाइल्सका १९ वटा शाखा तथा डिलरमा मेटेओर ३५० सीसी बिक्रीका उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल