प्रिमियर स्टीलले ३६ एमएममा पायो नेपाल गुणस्तर चिन्ह



काठमाडौं । प्रिमियर स्टिीलले ३६ एमएममा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । ३६ एमएम समू्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने यो पहिलो कम्पनी भएको कम्पनीको दावी छ ।

कम्पनीबाट उत्पादित ३६ एमएमका छड ठूला परियोजनाहरु हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यसअघि ३० एमएमका छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकबाट आयात गर्ने गरिन्थ्यो ।

यसले गर्दा निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुन सक्दथ्यो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टीलको उत्पादनसँगै आयात गर्नुपर्ने अवस्था रहेको छैन ।

प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।

‘हामीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएको छौं, यसले गर्दा हाम्रा उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन्,’ सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले भने ।

उनका अनुसार पूर्णरुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरु सधै उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसका साथ बारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु