चार महिनामा १० हजार यूनिट नयाँ टाटा सवारी रोलआउट



एजेन्सी । भारती कार निर्माता कम्पनी टाटा मोटर्सले सन् २०२१ फेब्रुअरी २२ मा नयाँ जेनेरेसन टाटा सवारी सार्वजनिक गरेको थियो । कम्पनीको अनुसार यस ६÷७ सिटर एसयूभी १० हजार यूनिट उत्पादन पुरा भएको छ । कम्पनीले भारतको पुणेस्थित म्यानुफ्याचरिङ प्लान्टबाट १० हजार यूनिट रोल आउट गरेको हो ।

टाटा सफारीको पहिलो १०० यूनिट सन् २०२१ फेबुअरीमा उत्पादनगरी प्लान्ट बाहिर गएको छ । नयाँ सफारीको बाँकी ९ हजार ९०० यूनिट पछिल्लो चार महिना मार्च, अप्रिल, मे र जुनको बीचमा प्लान्ट बाहिर पठाइएको थियो ।

यस उपलब्धिको बारेमा जानकारी दिँदै टाटा मोटर्स प्यासेन्जर भेहिकल बिजनेस यूनिटका अध्यक्ष शैलेश चन्द्रले भने, ‘हामी ४ महिनाको अवधि नयाँ सफारीले यस महत्वपूर्ण उपलब्धि हासिल गर्दा रोमान्चित भएका छौं । भारतकै इतिहासको सबैभन्दा कठिन परिस्थितिमा यो उपलब्धि हासिल भएको हो ।’

उनले भने, ‘टाटा सफारीको १० हजार यूनिटको शानदार मोडल पुनजन्मका लागि जिम्मेदार विभिन्न टिमद्वारा गरेको सामूहिक मेहनतको पुष्टि गर्छ ।’ टाटा सफारी ६ र ७ दुवै सिटमा उपलब्ध छ ।

टाटा सफारी आफ्नो सेगमेन्टमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्ये एक हो । यस वर्गमा टाटा सफारीको हिस्सा २५.२ प्रतिशत छ ।

टाटा सवारी इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएको हो । कारको अघिल्लो भागमा वाई आकारको ग्रिल, पातलो एलईडी फोग ल्याम्प, एलईडी हेडलाइट र टर्न इन्डिकेटर दिइको छ । बम्परमा रहेको लाइनले कारको लुक्स आकर्षक देखिन्छ ।

साइड प्रोफाइलको कुरा गर्दा १८ इन्चिको ठूलो अलो ह्वील छ । जुन टाटा ह्यारिसको जस्तै छ । कारमा ब्ल्याक ओआरभीएम, विन्डोको किनारमा क्रोम लाइन दिइएको छ । पछिल्लो हिस्सामा नयाँ डिजाइन दिइएको छ । जसमा नयाँ बम्पर, ब्ल्याक आउट एलईडी टेलल्याम्प, सफारीको ब्याच दिइको छ । तेस्रो पंक्तिका कारण कारको आकार पनि परिवर्तन गरिएको छ ।

इन्टिरियरको कुरा गर्दा नयाँ लेदर सिट अपहोलस्ट्री, इलेक्ट्रिोनिक्स पार्किङ ब्रेक, रियर एयर वेन्टस्, यूएसबी चार्जिङ स्लाइट्स, ८.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्ट इन्ट्रुमेन्ट प्यानल, जेबीएल स्पीकर, प्यानारोमिक सनरुफ, आईआरए कनेक्टेड प्रविधिका साथै हिन्दी अंग्रेजी र हिंगलिश भ्वाइस कमान्ड दिइएको छ ।

नयाँ टाटा सफारीमा २.० लिटरको डिजल इन्जिन दिइएको छ । यो इन्जिनले १७३ बीएचपीको पावर र ३५० न्यूटन मिटर टर्क प्रदान गर्छ । कारमा ६ स्पीड म्यानुअल गियरबक्स र ६ स्पीड अटोमेटिक टर्क कन्भर्टर गियरबक्स दिइएको छ । कम्पनीले चारै पांग्रमा डिस्क ब्रेक दिएको छ ।


क्लिकमान्डु