अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा



काठमाडौं– अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ । अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम विग आईसल्याण्ड मिल्कलाई नेपालका लागि आधिकारिक बिक्रेता डा. साथीले नेपालमा आधिकारिक बिक्री–वितरण सुरु गरेको हो ।

मिल्क पाउडर जन्मेदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ । डा. साथी हेल्थ केयरका सेल्स म्यानेजर रामभक्त थपलियाले कम्पनीले पहिलो पटक अष्ट्रेलियन ब्राण्डको मिल्क पाउडर नेपाल भित्राएको दावी गरे ।

‘पहिलो पटक डा. साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रुपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्र्याएको छ,’ उनले भने, ‘मिल्क पाउडरको बजारमा आधिकारिक रुपमा बिक्री–वितरण सुरु भईसकेको छ ।’

कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’ ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा आएको छ ।

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्वको रुपमा बच्चाहरुको तीव्र वृद्धि र विकासमा सहयोग पुर्याउने डा. साथीको भनाइ छ ।

डा. साथीले यसअघि गत चैत्रमा अष्ट्रेलियन ब्राण्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्र्याएको थियो । नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी रहेको थियो । सेल्स म्यानेजर थपलियाले यसअघि ग्राहककको उत्साहका कारण कम्पनीले पहिलो पटक बिम मिल्क पाउडर’ पनि नेपाल भित्र्याएको बताए ।


क्लिकमान्डु