राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा पीएचडी अध्ययन गरेका पौडेल स्वर्णीम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा सल्लाहकार थिए ।

पौडेल मध्यतमोल हाइड्रोपावर कम्पनीको बोर्ड डाइरेक्टर समेत हुन् । उनले यसअघि सानिमा बैंकमा बोर्ड अफ डाइरेक्टरका रुपमा समेत काम गरिसकेका छन् । त्यसैगरी इन्टरनेशनल लेवर अर्गनाइजेसनमा आर्थिक सल्लाकारका रुपमा समेत काम गरिसकेका छन् ।


क्लिकमान्डु