नेपालीले ५ वर्षमा साढे २ अर्बको चुइँगम पड्काए



काठमााडौं । सामान्य बाटोमा हिँड्दा होस् या फुर्सदमा स्वाद मानेर चुइगम खाएको त तपाईं हामीले देखेकै हो । न त पेट भरिने न पौष्टिक तत्व पाइने, तै पनि मानिसहरु मुख मिठ्याउँदै चुइँगम खाइरहन्छन् । र, तपाईं हामी पनि खान्छौं ।

सामान्यरुपमा भन्दा धेरै पैसा पनि नपर्ने र जहाँसुकै सहजरुपमा पाइने भएकाले चुइमग खानेहरु धेरै छन् । तर के तपाईंलाई थाहा छ, नेपालीले एक वर्षमा ५० करोडभन्दा बढी रुपैयाँको बिदेशी चुइगम पड्काएका छन् । जसका कारण व्यापार घाटा मात्रै बढेको छैन, अतिरिक्त मुद्रा विदेशिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले पाँच वर्षमा चुइगम मात्रै २ अर्ब ६३ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबरको ८२ लाख १७ हजार ५ सय ४९ केजी चुइँगम आयात गरेको छ । उक्त आयातित विदेशी चुइँगमबाट सरकारले १ अर्ब ६४ करोड ८३ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा नेपालले ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको १९ लाख २३ हजार केजी चुइगम आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी आव २०७६/७७ मा नेपालले ५७ करोड ९७ लाख ३४ हजारको चुइगम आयात गर्दा ४२ अर्ब ८ लाख राजश्व संकलन गरेको छ । उक्त वर्ष नेपालले १८ लाख ३३ हजार ८४४ केजी चुइँगम आयात गरेको थियो ।

आव २०७५/७६ मा ७१ करोड ८६ हजार ९४ लाख रुपैयाँ बराबरको २१ लाख ४७ हजार ९१७ आयात गर्दा ४३ करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । सोवर्ष हालसम्मकै उच्च चुइँगम आयात भएको भन्सार विभागले जनाएको छ ।

साथै, आव २०७४/७५ मा ३२ करोड २१ लाख ९० हजार र आव २०७३/७४ मा ३९ करोड २३ लाख ५३ हजार रुपैयाँको आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ । उक्त दुई वर्षमा क्रमशः १० लाख र १३ लाख ११ हजार केजी आयात भएको छ ।

सबैभन्दा बढी भारतबाट आयात
आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न १४ देशबाट ६२ करोड ३३ लाख ९२ हजारको चुइँगम भएको छ । जसमा सबैभन्दा बढी भारतबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

आव २०७७/७८ मा भारतबाट ६० करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको १८ लाख ६८ हजार केजी चुइँगम आयात भएको थियो । उक्त भारतबाट आयातित चुइँगमबाट मात्रै ४४ करोड १४ लाख ५७ हजार राजश्व संकलन गरेको थियो ।

आव २०७६/७७ मा भारत पछि नपालमा अमेरिकाबाट सबैभन्दा धेरै चुँइमग आयात गरेको थियो । सो वर्ष अमेरिकाबाट १ करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको २७ हजार ५ सय केजीको चुइँगम आयात गरेको थियो ।

तर, यो वर्ष भारतपश्चात बङ्गलादेशबाट १ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको ४७ हजार ९ सय २५ केजी चुइँगम आयात भएको थियो । जसबाट ८४ लाख ७३ हजार राजश्व संकलन गरेको थियो । त्यस्तै अममेरिकाबाट ५लाख २८ हजारको ६ सय केजी चुइँगम आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी, टर्कीबाट १९ लाख १० हजार बराबरको ४६ सय ९२ केजी, बेलायतबाट ३ लाख ४५ हजारको, दक्षिण कारियाबाट २ लाखको, नेदरल्यान्डबाट १ लाख ७९ हजारको, पोल्यान्डबाट ८० हजारको, युएईबाट ७४ हजारको र जापानबाट ४६ हजारको चुइँगम आयात भएको छ । साथै अन्य देशमा हङ्कङ, इजरायल, इटली, थाइल्यान्डबाट पनि आयात भएको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु