गत आवमा उद्योग दर्ताको संख्या घट्यो, प्रस्तावित लगानी भने ४ अर्बले बढ्यो



काठमाडौं । उद्योग दर्ता हुने क्रम घटेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ उद्योग दर्ता कम भएका छन् ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०३ वटा उद्योग दर्ता भएका छन् भने अघिल्लो आर्थिक वर्ष २७७ वटा उद्योग दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७४ वटा उद्योग कम दर्ता भएका हुन् ।

उद्योग दर्तासंख्या घटेपनि कूल प्रस्तावित लगानी भने ४ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको कूल प्रस्तावित लगानी थियो भने गत आर्थिक वर्ष १ खर्ब ५६ अर्ब रुपैयाँको रहेको छ ।

गत आर्थिक वर्ष १ खर्ब २३ अर्ब ९८ करोड स्वदेशी लगानी र ३२ अर्ब २ करोड विदेशी लगानी प्रस्ताव गरिएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब १४ अर्ब २० करोड रुपैयाँको स्वदेशी लगानी र ३७ अर्ब ८० करोड रुपैयाँको विदेशी लगानी प्रस्ताव रहेको छ ।

गत आर्थिक र्ष ४२ वटा ठूला उद्योग, ४९ वटा मझौला उद्योग र ११२ वटा साना उद्योग दर्ता भएका छन् । भने अघिल्लो वर्ष २७७ वटा ठूला उद्योग, ५८ वटा मझौला उद्योग र ९६ वटा साना उद्योग दर्ता भएका थिए ।


क्लिकमान्डु