अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेट, एमसीसीसहित अमेरिकी लगानीका आयोजना कार्यान्वयनमा जोड



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलवार मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरणका लागि आग्रह गरेका छन् ।

मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजना कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिवद्धतासमेत जनाएका छन् ।

अमेरिकी कम्पनी मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०ले नेपालमा सडक पूर्वाधार र विद्युत् प्रशारणलाइन निर्माणमा गरेको ५० करोड अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा अहिले चर्को राजनीतिक मतभेद छ ।

भेटको क्रममा राजदूत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै बेरीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको उनले बताए ।


क्लिकमान्डु