उद्योग परिसंघको उपाध्यक्षमा ७ जना मनोनित



काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को उपाध्यक्षमा ७ जना मनोनित भएका छन् ।

नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा सोमबार निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका हुन् ।

साउन ६ गते सम्पन्न परिसंघको १८औं वार्षिक साधारण सभाले विष्णुकुमार अग्रवाललाई अध्यक्ष चयन गरेको थियो ।

परिसंघको वरिष्ठ उपाध्यक्ष वर्तमान उपाध्यक्षबाटै चुनिने छ ।


क्लिकमान्डु