राष्ट्र बैंकको निर्देशनको असर बैंक र लघुवित्तको सेयरमा, ११ कम्पनीमा पोजिटिभ सर्किट



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाको लाभांशमा कडाइ गरेपछि त्यसको असर मंगलबार सेयर बजारमा देखिएको छ ।

बैंक तथा माइक्रोफाइनान्सको सेयरमा गिरावट देखिँदा जलविद्युत् र उत्पादनमूलक उपसमूहमा वृद्धि देखिँदा नेप्से परिसूचक हरियालीमा बन्द भएको छ ।

मंगलबार कारोबार शुरु भएपछि ४८ अंकको गिरावट देखिए पछि बजार बन्द हुँदासम्म जलविद्युत् र उत्पादनमूलक उपसमूहमा हरियाली देखिँदा बजारले नयाँ रेकर्ड कायम गरेको छ । यो दिनको कारोबारमा नेप्से परिसूचक २९.२४ अंकले बढेर हालसम्मकै उच्च विन्दु ३०७९ अंकमा पुगेको छ ।

यो दिन ३ कारोड २३ लाख ५५ हजार २६० कित्ता सेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा कारोबार भएको छ । यो दिन १३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भभने ७५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट देखिँदा थप ५ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किटको नजिक पुगेको छ । जसमा मल्टिप्रपोज फाइनान्स कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, युनिर्भसल पावर कम्पनी, हिमालयन पावर पाटर्नर र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले वृद्धि भएको छ ।


क्लिकमान्डु