इजरायल रोजगारीमा जाँदै हुनुहुन्छ ? यस्तो छ १९ पृष्ठ लामो सम्झौता मापदण्ड



काठमाडौं । सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदन माग गरेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो ।

करिब एक वर्षअघि नेपाल सरकार र इजरायलबीचको सम्झौता अनुसार नयाँ गन्तव्य बनेको इजारायले विभिन्न योग्यता र मापदण्ड तोकिएको छ ।

इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिए पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने भएको छ ।

सम्झौता अनुसार इजरायल सरकारले दक्ष जनशक्ति मात्रै लैजाने भनेपछि सरकारले सोही अनुसार मापदण्ड र योग्यता तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले योग्यतासँगै इजरायल दिर्घकालीन सेवा सुविधाका सहायक कामदाहरूको रोजगारीको मापदण्ड सार्वजनिक गरेको छ । जसमा कामदाहरूले इजरायल सरकारको रोजगारदातार कामदारबीचको मापदण्ड उल्लेख गरेको छ ।

विभागले रोजगारदातार र कामदारको नियम र सर्तहरूमा स्पष्ट गरेको छ । विभागका अनुसार रोजगारीमा जाने इच्छुक कामदारहरूले कति घण्टा काम गर्ने, कुन दिन विदा पाउने, कति ओभरटाइम गर्न पाउने र कामको भुक्तानी कसरी हुने विषयको मापदण्ड तोकिएको छ ।

साथै, बीमा, बिरामी भुक्तानी, आवास र यातायात, तलब र कटौती, सुरक्षा भत्ता र सामाजिक लाभ, कार्यस्थलमा खाद्य र प्येय पदार्थलगायत सम्पूर्ण कार्यविवरणको मापदण्ड समावेश गरेको छ ।

यस्तो छ, सम्झौताको मापदण्ड


क्लिकमान्डु