वायरलेस चार्जरसहित रियलमी फ्ल्यास बजारमा आउँदै



एजेन्सी । रियलमीले नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ । जीएसएमएरिनाका अनुसार रियलमीको नयाँ स्मार्टफोनको नाम ‘रियलमी फ्ल्यास’ हुनेछ ।

रिपोर्ट अनुसार रियलमी फ्ल्यासमा म्यागडार्ड वायरलेस म्याग्नेटिक चार्जर प्रयोग गरिनेछ । रियलमी फ्ल्यास म्यागनेटीक चार्जर प्रयोग गर्ने पहिलो स्मार्टफोन हुनेछ ।

रिपोर्टअनुसार म्यागडार्ड वायरलेस चार्जर डिभाइसको पछिल्लो भागमा रहनेछ । स्मार्टफोनको पछिल्लो भागमा रहेको म्यागडार्डमा स्मार्टफोनले पावर प्राप्त गर्छ ।

चार्जरको चार्ज क्षमता हालसम्म गोप्य नै राखिएको छ । रियलमीको सलुसन एप्पलको म्यागसेफ टेक्नोलोजीसँग मिल्दोजुल्दो छ । तर यसमा फ्यान आउँदैन र यो ठूलो छ । जीएसएमएरिनाका अनुसार चार्जिङ पावर १५ वटाको हुनेछ । यो नै सबैभन्दा तीव्र म्याग्नेटिक चार्जर हुनेछ ।

रियलमी फ्ल्यास ट्रिपल क्यामरा सेटअप सहित पन्च होल डिस्प्लेमा उपलब्ध हुनेछ । यसमा क्वालकमको नयाँ फ्ल्यागसिप प्रोसेसर स्न्यापड्रागन ८८८ प्रयोग भएको छ । रियलमी फ्ल्यास १२ जीबी र्याम र २५६ जीबी रोममा उपलब्ध हुनेछ । यो स्मार्टफोनले यूएसबी टाइप–सी कनेक्टर सर्पोट गर्छ । यो डिभाइसमा रियलमी यूआई २.० एन्ड्रोइड सफ्टवेयर प्रयोग हुनेछ ।


क्लिकमान्डु