रोयल एनफिल्डले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने



एजेन्सी । रोयल एनफिल्डको इलेक्ट्रिक मोटरसाइकल बजारमा आउने भएको छ ।

रोयल एनफिल्डको मूख्य कम्पनी आइसरले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने योजनामा काम गरिरहेको छ । कम्पनीले इलेक्ट्रिक सवारीका साथै पेट्रोलिय सवारीको उत्पादन पनि जारी राख्नेछ । रोयल एनफिल्डका क्लासिक, बुलेट इन्टरसेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५० र मिटीओरलगायतका मोडल बिक्री भइरहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सिद्धार्थ लालले सन् २०२०/२१ को रिपोर्टमा भनेका छन्, ‘ईभी सेगमेन्ट तीव्र गतिमा दुनियाँभर विकास भइरहेको छ । यसलाई ध्यानमा राख्दै हामी पनि भविष्यमा ईभी उत्पादन विकास गर्ने रणनीतिमा काम गर्दैछौं ।’

कम्पनीसँग शक्तिशाली ब्राण्ड र ठूलो डिस्ट्रिब्यूशन नेटवर्क छ । जसको मद्दतले कम्पनी इलेक्ट्रिक सवारी निर्माण तथा बिक्रीमा आफ्नो क्षमताबाट लाभ उठाउने लालको दावी छ ।

लालले वार्षिक रिपोर्टमा बताएका छन् कि आइसर मोटर्सको उद्देश्य व्यापक पर्यावरण, सामाजिक र शासकीय दुष्टि विकसित गर्ने रहेको छ । जसमा विद्युतीकरण एक हिस्सा हुनेछ । साथै कम्पनीले आफ्नो ऊर्जा खपत र फोहोर व्यवस्थापन प्रणालीमा सुधार गरेको छ । कम्पनीको २ वटा म्यान्यूफ्याक्चरिङ यूनिटले वाटर पोजिटिभ सर्टिफाइड गरिसकेको छ । साथै कम्पनी रिन्यूएबल एनर्जी कम्पोनेन्ट बढाउनेतर्फ पनि काम गरिरहेको छ ।

कम्पनी जलवायु परिवर्तन रोक्ने प्रयासका लागि कार्बन न्यूट्रल अर्थव्यवस्थालाई समर्थन गर्छ ।

गतवर्ष रोयल एनफिल्ड जापान, कम्बोडिया, कोस्टारिका र डोमिनिकन रिपब्लिक लगायत नयाँ बजारमा प्रवेश गरेको छ ।

यसवर्ष कम्पनीले अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा कम्प्लीटली नक डाउन यूनिट (सीकेडी) बिक्री शुरु गरेको छ । रोयल एनफिल्डका मोटरसाइकल एसिया, यूरोप, उत्तर अमेरिका, अस्ट्रेलिया, जापान, थाइल्याण्ड, जापान लगायत देशमा बिक्री हुँदै आइरहेको छ ।


क्लिकमान्डु