प्रि-ओपनिङमा करिब २० अंकले घट्यो नेप्से, ६८ कम्पनीको मूल्य घट्यो



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १९.९२ अंकले घटेर ३०३०.५१ अंकमा सीमित भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा लाभांशमा कडाइ गरेपछिको असर मंगलबारको प्रि-ओपनिङ सेसनमा देखिएको हो ।

प्रि-ओपनिङमा १०३ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु