टीभीएस एनटर्क १२५ बीएस-६ सार्वजनिक, शुरुवाती मूल्य २ लाख ७७ हजार ९००



काठमाडौं । टीभीएस एनटर्क १२५ बीएस-६ मा नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनर्टक १२५ बीएस-६ सार्वजनिक गरेको हो ।

कम्पनीले रेस ट्यून फ्यूल इन्जेक्सन (आरटी-एफआई) र ईटी-एफआई (इकोथ्रस्ट फ्यूल इन्जेक्सन) दुई भर्सनमा टीभीएस एनटर्क सार्वजनिक गरेको हो ।

नयाँ स्कुटरको शुरुवाती मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ । एनटर्क रेस एडिसनको तुलनामा १२ हजार रुपैयाँ र सुपर स्क्वाडको तुलनामा ७ हजार रुपैयाँ महंगो हो ।

स्कुटरमा १२५ सीसीको इन्जिन छ । यो इन्जिनले ९.२५ बीएचपी अधिकतम पावर र १०.५ एनएम अधिकतम टर्क जेनेरेज गर्छ । स्कुटरको अधिकतम गति ९५ किलोमिटर प्रतिघण्टा छ भने ० देखि ९ सकेन्डभित्रै ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्षम छ

टीभीएस एनटर्क १२५ ले स्कुटर उद्योगमा कनेक्टिभिटी, पावर र शैलीको नयाँ शुरुवात गरेको थियो । नयाँ स्कुटरमा ५.८ लिटरको फ्यूल ट्यांकी छ ।


क्लिकमान्डु