चितवनमा जग्गाको सरकारी मूल्याङ्कन नै प्रतिकठ्ठाकै करिब ३ करोड



फाइल तस्बिर

काठमाडौं । सरकारले चितवनको जग्गाको मूल्यांकन गरेको छ । जसमा प्रतिकठ््ठा करिब ३ करोड रुपैयाँ तोकिएको छ । यो मूल्य ३ वर्षदेखि समायोजन हुन सकेको छैन ।

चालु आर्थिक वर्ष २०७५/७७ देखि सोही मूल्य कायम भएको मालपोत कार्यालयले गरेको सरकारी मूल्याङ्कनको तथ्याङ्कले देखाउँदछ ।

तर, उक्त जिल्लाको जग्गाको मूल्याङ्कन उपत्यका बाहिरको जिल्लामध्येका सबैभन्दा बढी हो । चितवन उद्योगलगायत विभिन्न पूर्वाधारको रुपमा सुविधा सम्पन्न रहेको उक्त जिल्लाको मुख्य बजारमा रहेको जग्गाको मूल्य सरकारले प्रतिकठ्ठा साढे २ करोड बढी तोकेको छ ।

जसमा मालपोत कार्यालय चितवन भरतपुरले भरतपुर महानगरपालिकाको वडा नम्बर १ को लायन्स चोकबाट शरिहद चोक, पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएको घडेरी जग्गाको मूल्य २ करोड ८० लाख रुपैयाँ तोकेको छ । उक्त स्थानको बाटो नभएको जग्गाको मूल्य पनि प्रति कठ्ठा २१ लाख ५० हजार तोकेको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै मुग्लिन नारायगढ राजमार्गा वडा नम्बर १, ३ सिमानाबाट पुल्चोकसम्म र शहिदचोकबाट बालकुमारी मावि जाने चोकसम्मको जग्गाको मूल्य २ करोड १६ लाख रुपैयाँ कायम गरेको छ ।

त्यस्तै उक्त स्थानको वरीपरीको मल्य १ करोडदेखि १ करोड ४० लाख रुपैयाँ प्रतिकठ्ठा तोेकेको छ ।

कार्यालयले नारायणगढ क्षेत्रको वडा नम्बर २, ३ का ‘क’ वर्गको जग्गाको मूल्य १ करोड ५१ लाख रुपैयाँ मूल्याङ्कन गरेको छ । त्यसैगरी, लाउन्स चोक, शहिदचोक, पुल्चोक हुँदै नारयाणी पुलसम्मका राजमार्गसँग जोडिएका घडेरीको जग्गाको २ करोड ५९ लाख रुपैयाँ कायम गरेको छ ।

कार्यालयले चितवन मालपोत कार्यालय क्षेत्रभित्र पर्ने जग्गाको प्रकार अनुसार न्यूनतम मूल्य १ लाखदेखि २ करोड ८० लाख रुपैयाँ सरकारी मूल्याङ्कन गरेको छ ।


क्लिकमान्डु