यामाहा फ्यासिनो १२५ हाइब्रिड भारतमा सार्वजनिक



एजेन्सी । यामाहाले भारतीय बजारमा नयाँ फ्यासिनो १२५ सार्वजनिक गरेको छ । फ्यासिनो १२५ ड्रम ब्रेक भेरियन्टको मूल्य ७० हजार भारु र डस्क ब्रेक भेरियन्टको मूल्य ७६ हजार ५३० भारु तोकिएको छ । यो मूल्य एक्स–शोरुम दिल्लीको आधारमा लागू गरिएको हो । यो स्कुटर हाइब्रिड इन्जिन प्रविधिका साथ सार्वजनिक गरिएको हो ।

फ्यासिनो १२५ मा नयाँ स्प्लिट एलईडी हेडलाइट, एलईडी टेल लाइट र एलईडी डेटाइम रनिङ लाइट छ । स्कुटरको टेल लाइट डिजाइन पहिलेको तुलनामा अधिक स्लिम छ । स्कुटरको दुबैतर्फको साइड प्यानलमा ‘फसिनो थ्रीडी’ लोगो लगाइएको छ । नयाँ फसिनो अब ९ रंगमा उपलब्ध गराइएको छ ।

कम्पनीले स्कुटरलाई बलियो बनाउन मेटलको फ्रन्ट एप्रन र मडगार्ड लगाएको छ । यसका साथै स्कुटरमा ११० एमएमका वाइड रियर टायर देख्न सकिन्छ जसले पहिलेभन्दा अधिक रोड ग्रिप प्रदान गर्छ । नयाँ फसिनो डिस्क र ड्रम दुई भेरियन्टमा उपलब्ध छ ।

नयाँ फिचरको कुरा गर्दा स्कुटरमा नयाँ फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको साथ ‘यामाहा कनेक्ट’ कनेक्टिभिटी फिचर पनि छ । यो फिचरको सहायतले स्कुटरलाई ब्ल्यूटूथको माध्यमबाट स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच दिइएको छ । जसले गर्दा स्ट्यान्ड खुला रहेमा स्कुटर स्टार्ट हुँदैन ।

यामाहाले फ्यासिनो इन्जिनमा धेरै परिवर्तन गरेको छ । नयाँ स्कुटरमा ब्ल्यू कोर हाइब्रिड इन्जिन लगाइएको छ । जसले गर्दा स्कुरटरमा लगाइएको ब्याट्रीबाट पनि पावर प्राप्त हुन्छ । यो इन्जिनले आवश्यकताको आधारमा अधिक पावर जेनेरेट गर्ने कम्पनीको दाबी छ । हाइब्रिड इन्जिन खराब बाटो वा उकालोमा यात्रा गर्दा ब्याट्रीको मद्दतबाट अधिक पावर जेनेरेट गर्छ ।

यामाहा फ्यासिनोमा १२५ सीसीको सिंगल सिलिन्डर, एयर कल्ड, फ्यूल–इन्जेक्टेड हाइब्रिड इन्जिन लगाइएको छ । यो इन्जिनले ८.२ बीएचपी पावर र १०.३ एनएम टर्क जनरेट गर्छ । नयाँ स्कुटरमा स्मार्ट मोटर जनरेटर प्रविधि पनि प्रयोग गरिएको छ । यो प्रविधिका कारण बिना आवज स्कुटर स्टार्ट हुन्छ । यो फिचर नयाँ मोटरसाइकल र स्कुटरमा उपलब्ध हुँदै आइरहेको छ ।

नयाँ यामाहा फ्यासिनोमा २१ लिटरको अन्डर सिट स्टोरेज स्पेस दिइएको छ । यसमा ठूलो साइजको हेलमेट पनि सजिलै राख्न सकिन्छ । अन्डर सिटमा यूएसबी चार्जिङ सुविधा पनि दिइएको छ । तर, स्कुटरमा एक्सटर्नल फ्यूल लिड भने दिइएको छैन ।

नयाँ फ्यासिनोको प्रतिस्पर्धा सुजुकी एसेस १२५, टीभीएस एनटर्क १२५ र होण्डा एक्टिभा १२५ सँग हुनेछ ।


क्लिकमान्डु