अटोमोवाइल क्षेत्रमा कार्यरतका लागि खोप उपलब्ध गराउन नाडाको माग



काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिले नव नियुक्त अर्थ मन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदसिय नाडा प्रतिनिधि मण्डलले असार ३१ गते अर्थमन्त्री शर्मालाई शुभकामना दिदै अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ ।

अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्दै सवारीसाधनको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्या बारे आफनो धारणा राखे । सो छलफलमा अध्यक्ष दुलालले अटोमोवाइलक्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्थागरी दिन आग्रह गरे । नेपालमा लोकलमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि पनि आग्रह गरेका छन् । त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउदो २०७८/७९ को मोद्रीक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गरे ।

त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारीसाधनको आयात राष्ट्र बैंकले लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक वर्ष २०७३÷७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कुरा राखे । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए ।

अर्थमन्त्री शर्माले सरकारले सबै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिँदै नेपाल मै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गरे । त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत अर्थमन्त्रीले दिएको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसै क्रममा उनले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरे । सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु