बाढी र पहिरोका कारण सडक पूर्वाधारमा एक अर्ब ७५ करोडको क्षति



फाइल तस्बिर

काठमाडौं । अबिरल बर्षाका कारण आएको बाढी तथा पहिरोका कारण सडक पुर्वाधारमा १ अर्ब ७५ करोड रुपैयाँको क्षति पुगेको छ ।

सडक विभागले बाढी तथा पहिरोले ३२ पुल र सडकका ११९ स्थानमा क्षति पुर्याउँदा करिब १ अर्ब ७५ करोड रुपैयाँको क्षति भएको जानकारी दिएको छ ।

शनिबारसम्म बाढी तथा पहिरोले ३२ वटा पुल र सडकका ११९ स्थानमा क्षति पुर्याएको छ ।

३२ वटा पुलमा करिब ७५ करोड रुपैयाँ र सडकका ११९ स्थानमा करिब १ अर्ब रुपैयाँको क्षति पुगेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।

‘गत वर्ष पहिरो गएको स्थानमा पनि क्षति पुगेको छ । लकडाउन तथा निषेधाज्ञाका कारण ती स्थानमा पुनस्र्थापना गर्न सकिएको थिएन । प्रारम्भिक अनुमान अनुसार सडक पूर्वाधारमा करिब एक अर्ब ७५ रुपैयाँ बराबरको क्षति पुगेको देखिएको छ ।

वर्षात् रोकिए पनि सडकका ईन्जिनियरहरुले स्थलगत अनुगमन गरेपछि मात्र एकिन विवरण आउँदछ । बर्षात कायम नै रहेकाले क्षति अझै बढ्ने सक्ने विभागको अनुमान छ ।

बुधबार बिहानसम्म बाढी र पहिरोले सडकका १२४ स्थानमा क्षति पुर्याएको छ । जसमा १४ सडक अवरुद्ध रहेका छन् । भने ६७ सडक एकतर्फी चालु रेहको र ४३ वटा सडक दुबैतर्फ शुरु भएको अवस्था छ ।


क्लिकमान्डु