ग्रेट वाल मोटर्सका २ एसयूभी र एक पिकअप नेपाल भित्रियो, मूल्य कति ?



काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ । भीजी इम्पेक्स नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको छ ।

भीजी इम्पेक्सले ग्रेट वाल मोटर्सका ३ गाडी असार १७ गते नेपाल आएको हो । कम्पनीले २ वटा एसयूभी र एउटा पिकअप ल्याएको हो । तेस्रो जेनेरेसन जेन हेभल एच ६ र हेभल जोलायन एसयूभी तथा पोअर पिकअप वर्गको रहेको छ । तेस्रो जेनेरेसन जेन हेभल एच ६को मूल्य ९५ देखि ९८ लाख, हेभल जोलायनको मूल्य ५६ देखि ७० लाख र पोअर पिकअपको मूल्य ६५ देखि ७० लाख रुपैयाँ हुने अनुमान छ ।

दुवै मोडलहरुको लुक, इन्टेरियर स्पेस, ओभरअल पर्फर्मेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएको छ ।

राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण हाभल एच६मा शक्तिशाली २.० लिटर पेट्रोल टर्बो इन्जिन रहेको छ । त्यसैगरी हाभल जलियन १.५ लिटर पेट्रोल टर्बो इन्जिन र पोयरमा २.० लिटर डिजल टर्बो इञ्जिन रहेको छ ।

ग्रेट वाल मोटर्सको शोरुम काठमाडौंको थापाथलीमा रहेको छ ।

ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपाल भरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको भी.जी. इम्पेक्सले जनाएको छ । निकट भविष्यमा ग्रेट वाल मोटर्सले नयाँ जेनेरेशनको इलेक्ट्रिक कार ओरा आर१ नेपाली बजारमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ । ग्रेट वाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो ।

चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो । चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ ।


क्लिकमान्डु